प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुनस् पक्राउ गरेको छ।

बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीवार बिहान पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए।

थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?