विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ८ बजे बस्ने बैठकमा हालै कार्यान्वयनमा आएको एमसिसी तथा समाजवादी मोर्चाका पछिल्ला गतिविधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगामी रणनीतिका बारेमा पनि छलफल हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?