स्वास्थ्य सेवा विभागले माग्यो कमाण्डरसहित १० जना सुरक्षा गार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ ।

विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्नेछन् ।

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि सात र केन्द्रीय स्टोर पथलैयाका लागि तीन जना सुरक्षा गार्ड आवश्यक रहेको छ । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?