जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । बझाङमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका ७ बर्षीया सञ्जिला कठायत र १२ बर्षीय सुदीप कठायतको मृत्यु भएको हो ।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्याउन नपाउँदै उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहीवार राती नै बाटोमा मृत्यु भएको बताइएको छ । आमा पुनी कठायतको भने उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?