साइन रेसुंगाको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ ।

अफरअन्तर्गत दुई भाग्यशाली प्रयोगकर्ताले साइन रेसुंगा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन् । अफर असोज १४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुईजना प्रयोगकर्ताहरूलाई अफरको अन्त्यमा विजेता घोषणा गरिने बताइएको छ ।

आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी ‘सेण्ड मनी’मा क्लिक गरेर फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?