सूचना अटेर गर्नेलाई काठमाडौं महानगरले कारवाही गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ दिइएको सार्वजनिक बिदामा केही विद्यालय सञ्चालन गरिएको भन्दै कारवाही गर्ने भएको छ ।

महागरले शुक्रवार विज्ञप्ति जारी गर्दै सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारवाही हुने समेत उल्लेख छ । ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

महानगरले शुक्रबार सार्वजनिक बिदा दिएको थियो । तर, बिदामा पनि केही विद्यालयहरू खुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?