उत्तरी छिमेकी चीनलाई हामी कति चिन्दछौं ?

✍️ नारायणबहादुर गुरुङ

‘आफ्नो प्रतिद्वन्द्वीलाई चीन र आफूलाई चिनेमा सयवटा युद्धमा कहिले पराजित हुनुपर्ने छैन । यदि प्रतिद्वन्द्वीबारे केही थाहा छैन तर आफूलाई चिनेको छ भने जितहारको सम्भावना आधा आधा हुन्छ । यदि प्रतिद्वन्दीको बारेमा र आफ्नै बारेमा बेखबर भएमा जुनसुकै पनि युद्धमा पराजित हुन निश्चित छ ।’ उपरोक्त भनाइ चिनियाँ रणनीतिकार सुन च को हो । २००० वर्षअघि युद्ध रणनीतिबारे उनले ‘द आर्ट अफ वार’ नामक किताब लेखेका थिए । यो किताब विश्वको सैनिक रणनीतिकारहरू, कूटनीतिज्ञ, राजनीतिज्ञ, व्यापरी र कानुनविदहरूबीच प्रसिद्ध भयो । परापूर्व कालमा रचिएको भए पनि यो किताबभित्रको मर्महरू अहिले पनि त्यतिकै सान्दर्भिक रहिआएको छ ।

हाम्रो देश नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । हाम्रो सिमाना दक्षिण, पश्चिम तीनतिर भारत र उत्तरमा जनवादी गणतन्त्र चीनसँग जोडिएको छ । समुद्री मार्गसँग नजोडिएकाले भूपरिवेष्ठित छौं । नेपाललाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले हाम्रो देशको अवस्थालाई दुई ढुंगाको बीचको तरुलको रूपमा चित्रण गरेका छन् । वास्तवमा अहिलेको जटिल भूराजनीतिक स्थितिमा यो तुलाना एकदम सटिक छ । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र अर्थिक विकासका लागि दुबैसँग सौहार्दपूर्ण कूटनीतिक सम्बन्ध हाम्रो आवश्यकता हो ।
भौगोलिक सुगमता, सांस्कृतिक सामजिक, भाषिक निकटता, संचार, मनोरञ्जन र राजनीतिको व्यापक प्रभाव, खुला सिमानाका कारण भारत र भारतीय नागरिकहरूको उचित अनुचित कुराहरूबारे सर्वसाधरण नेपाली नागरिकहरूदेखि, बुद्धिजिवी, राजनीतिकर्मी, जन प्रतिनिधि, सञ्चारकर्मी, लेखक, साहित्यकार, कलाकार आदि सबैलाई थाहा छ । तसर्थ उनीहरूसँग के कसरी व्यवहार गर्न त्यति अप्ठ्यारो छैन ।

डा.सन यात सेनलाई चिनियाँ भाषामा सुन टुङ सान भनिन्छ । उनको नेतृत्वमा करिब ३०० वर्ष चिनियाँ साम्रज्यामा राज गर्ने अल्पसंख्यक मञ्चु बंशको सत्ता सन् १९११ मा पल्टाइएको थियो र गणराज्य चीन स्थापना भएको थियो ।

उता उत्तरी छिमेकी बारे भौगोलिक दुर्गमता, भिन्न सामजिक, सांस्कृतिक, भाषिक र राजनीतिक प्रणालीको कारण हामीले निकै कम जानाकारी भएको अनुभूति हुन्छ । हाम्रा सञ्चारमाध्यममा देखिने, सुनिने, पढिने समाचार, विद्वान बुद्धिजीवीहरूका लेखहरू, राजनीतिकर्मीहरूको अभिव्यक्ति, विभिन्न भ्रमण टोलीमा जानु भएकाहरूले लेख्नु भएको नियात्राहरू पढ्दा यथार्थभन्दा फरक भएको महसुस हुन्छ । अधिकांश सकारात्मक भन्दा नकारात्मक पक्षमा केन्द्रित भएको देखिन्छ । मित्रराष्ट्र चीनबारे हामी कहाँ प्राप्त हुने धेरै सामग्रीहरू सोझै नेपाली माध्यमबाट नभएर तेस्रो पक्षले दिँदै आएको सामग्रीमा भर पर्नुपरेकाले यस्तो भएको हुनुपर्छ ।

तेस्रो पक्षको प्रचारको पछाडि उनीहरूको निश्चित स्वार्थ, उद्देश्य लुकेको हुनसक्छ । हामीले हुबहु त्यहीँलाई सत्य मान्दा भ्रमित हुन सक्छौं, पूर्वग्राही हुन सक्छौं । त्यसको आधारमा गरिने सम्बाद, निर्णय प्रतिकूल हुन सक्छ । आपसी विश्वासमा संकट ल्याइदिन सक्छ र बढ्दै जाँदा अनावश्यक तनाव सिर्जना गर्न सक्छ । यो व्यक्ति व्यक्तिबीचदेखि लिएर समाज समाजबीच, देश र देशवीचको कूटनीतिक सम्बन्धमा पनि लागू हुन्छ । आफ्नै भरपर्दो माध्यमबाट संकलन गरिएको सामग्रीलाई जिम्मेवारपूर्वक विश्लेषण गरेर सम्प्रेषण गरिएका समाचार र लेखहरूले शान्ति सौहाद्र्रता बढाउँछ भने कुत्सित उद्देश्य राखेर गैरजिम्मेवारपूर्वक वस्ताविकतालाई तोडमोड गरेर सनसनीपूर्ण गरी तयार पारेका समाचार, लेखहरूले घृणा, द्वेष, भ्रम फैलाउने काम गर्दछ अशान्ति निम्त्याउँछ ।

तेस्रो पक्षको सुन्दै नसुन्नु, नहेर्नु भन्ने होइन । खोजी खोजी हेर्नुपर्छ तर अन्धधुन्ध जे पनि पत्याउनु हुँदैन भन्ने मेरो आसय हो । ती तेस्रो पक्षको कुरा र आफ्नै भरपर्दो स्रोतबाट प्राप्त सामग्रीलाई एकै ठाउँमा राखेर विश्लेषण गरेर प्राप्त जानकारी भरपर्दो र विश्वासिलो हुन्छ । दुई देशको कूटनीतिक सम्बन्धमा होस्, व्यापारमा होस्, सबै मामलामा यो विधिले सकारात्मक प्रतिफल दिन्छ ।

करिब एक महिनाअघि एउटा प्रतिष्ठित राष्ट्रिय दैनिकमा एकजना प्राध्यापकले लेख्नुभएको लेख पढेको थिएँ । सायद नेपालमा भइरहेको भ्रष्टाचारसम्बन्धी थियो । त्यसमा माओ र चाओको नाम पनि उल्लेख ा थियो । त्यसै प्रसंगमा माओ र चाओले प्रजातान्त्रिक नेता सन यात सेनलाई ताइवान लखेटे भनेर लेख्नुभएको रहेछ । उहाँ जस्तो विद्वान व्यक्तिबाट कसरी त्यस्तो लेखियो अचम्म लागेकाले पनि यो लेख लेख्न हौस्यायो । सन् १९७५ देखि पटक-पटक गरी चीनमा ३० वर्ष बिताएको छु । यसअवधिमा मैले यहाँ भइरहेको परिवर्तनहरूलाई नजिकैबाट नियाल्ने मौका पाएको छु । तसर्थ हामी नेपालीहरूमा रहेका केही गलत धारणा, भ्रम, पूर्वाग्रा बारे मेरो अनुभवबाट जानेको थाहा पाएको कुरा लेख्न लागिरहेको छु ।

डा.सन यात सेनलाई चिनियाँ भाषामा सुन टुङ सान भनिन्छ । उनको नेतृत्वमा करिब ३०० वर्ष चिनियाँ साम्रज्यामा राज गर्ने अल्पसंख्यक मन्चु बंशको सत्ता सन् १९११ मा पल्टाइएको थियो र गणराज्य चीन स्थापना भएको थियो । उनैको नेतृत्वमा बनेको कोमिङताङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले सहकार्य गरेर तत्कालीन सोभियत संघको सहयोगमा हृवाङफु सैनिक एकेडेमी खडा गरी राष्ट्रिय सेना गठन गरेका थिए । त्यो सेनाको उद्देश्य राजतन्त्रको अन्त्यपछि विभिन्न युद्धग्रस्त युद्ध सरदारलाई परस्त गरेर छिन्नभिन्न भएको चीनलाई एकीकरण गर्नु थियो । उनको १२ मार्च १०२५ मा बेइजिङमा निधन भएको थियो ।

चीनको दोस्रो गृहयुद्धमा सन यात सेनका उत्तराधिकारी जेनरलिस्मो च्याङ काई सेक परस्त भएपछि भागेर चीनकै एउटा प्रान्त ताइवान टापुमा गई गणतन्त्र चीनलाई निरन्तरता दिए र अहिलेसम्म ताइवानको औपचारिक नाम गणतन्त्र चीन हो । गणतन्त्र चीनको संविधनमा जनवादी गणतन्त्र चीनले ओगटेकोसहित मंगोलियासमेत समेट्छ । ताइवान भन्ने देश नै छैन । जनवादी चीनसँग दौत्यसम्बन्ध राख्ने देशहरूले ताइवानलाई चीनकै अभिन्न अंग मान्छ । एकीकरणको पक्षमा भएको कोमिङताङ पार्टीले शासन गरेको बेला ताइवान स्ट्रेट शान्त थियो र सम्बन्ध आत्मीय थियो ।

अहिले ताइवानलाई चीनबाट छुट्टाउने उद्देश्य राखेको पार्टी शासनमा छ । चीनले शान्तिपूर्ण एकीकरण गर्ने नीति दोहो¥याउँदै आएको छ । यदि छुट्टिन खोजेमा युद्ध गर्ने नीति लिएको छ । अहिले त्यो क्षेत्रमा बढ्दै गएको तनाव चीनको प्रगतिलाई रोक्न वर्चस्वशाली बाहृय शक्तिको कारण भएको छ । चीनलाई युद्धमा झोस्न उत्तेजित गर्दै छ ।

सुन यात सेनलाई चीन र गणतन्त्र चीन-ताइवानमा उत्तिकै सम्मान गर्छन् । उनको नाममा चीनको थुप्रै मूल सडकको नाम राखिएको छ । थुप्रै पार्कहरूको नाम पनि उनैको नाममा छ । उनी जन्मेको शहरको नाम पनि उनैको नाममा छ । चीनकै प्रसिद्ध विश्वविद्यालयमध्ये टुङ सान विश्वविद्यालय ग्वाङचौ उनकै नाममा राखिएको हो । बरू माओ, चाओ र अन्य कम्युनिष्ट नेताहरूको नाममा सडक, पार्क, विश्वविद्यालय छैनन् ।

नेपालका उच्च पदस्थ कर्मचारीहरू, मन्त्रीहरू, नेताहरू कतिको जिम्मेवार हुन्छन् र आफूले भ्रमण गर्न थालेको देश बारे कतिको तयारी गर्छन् भन्ने एउटा नमुना उल्लेख गर्न गैरहेको छु । केपी शर्मा ओलीले नेपालका प्रधानमन्त्रीको रूपम २० मर्चदेखि २७ मार्च २०१६ मा चीनको औपचारिक भ्रमण गरेका थिए । त्यति बेला निकै महत्वपूर्ण विषयहरूमा सम्झौता भएको थियो । पाँच महिने अघोषित अमानुषिक नाकाबन्दीबाट छुट्कार भएको धेरै भएको थिएन ।

प्रतिनिधि मण्डलमा हालका अर्थमन्त्री प्रकाशशरण महत परराष्ट्रमन्त्रीको रूपमा गएका थिए । परराष्ट्रमन्त्री भइसकेपछि उनी दुई तीन पटक भारत गइसकेका थिए भने चीनमा उनको पहिलो भ्रमण थियो । परराष्ट्र मन्त्री भनेको देशको प्रमुख कूटनीतिज्ञ हो । निकै तयार गरेका होलान् भनेको तर उनको कूटनीतिक कुशलता भन्नु वा क्षमता भनौं एउटा महत्वपूर्ण कार्यक्रमामा लज्जित नै हुनेगरी उदांगियो ।

चीनले दौत्य सम्बन्ध राख्ने नीतिको आधार संयुक्त राष्ट्र संघको चार्टर र शान्ति तथा सहअस्तित्वको लागि पञ्चशील हो । यसअन्तर्गत देश सानो होस् वा ठूलो होस् समानताको आधारमा सम्मान गर्ने । नेपालबाट चीन गएका प्रतिनिधिहरूलाई यही आधरमा सम्मान गरिएको हुन्छ । 

पैचिङको विदेशी भाषा विश्व विद्यालयका प्राध्यापक र विद्यार्थीहरूले नेपाली पाहुनाहरूसँगको अन्तक्र्रिया कार्यक्रम राखेको रहेछ । हाम्रा परराष्ट्रमन्त्रीको बोल्ने क्रममा एआईआईबीको पूरा नाम एसियन इन्फ्रास्ट्रकचर इन्भेष्टमेन्ट बैंक भन्न निकै अकमकाए छन् र भारत-नेपाल सम्बन्ध बारे बोल्न थालेछन् विषय वस्तु बाहिर गएर । सबै श्रोता ट्वाँ परे । एआईआईबी स्थापना भएको धेरै भएको पनि थिएन र त्यसमा नेपाल पनि संस्थापक सदस्य हो ।

यस विश्वविद्यालयबाट पढेकाहरू चिनियाँ परराष्ट्र मन्त्रालयमा टन्नै छन् । वर्तमान परराष्ट्र मन्त्री वाङ यी यही विश्वविद्यालयबाट जापानी भाषा पढेर दोभाषेको रूपमा परराष्ट्र छिरेका हुन् । जापानको राजदूत, परराष्ट्रका प्रवक्ता, उपपरराष्ट्र मन्त्री हुँदै कूटनीतिमा प्रशस्तै अनुभव सँगालेका छन् । त्यस्ता धुरन्धर कूटनीतिज्ञसँग कुनै खासै अनुभव नभएका छिन् छिन्मा फेरिने हाम्रा परराष्ट्र मन्त्रीहरूले कसरी वार्ता गर्दा हुन् अचम्भ लाग्छ । हाम्रा नेता, मन्त्री, प्रशासकहरूले चिनियाँहरूसँग भन्ने कुरा दुईवटा छन् । तिब्बत चीनको अभिन्न अंग हो हाम्रो मुलुकबाट चीनविरोधी काम हुन दिँदैनौं । अर्को हामी कहाँ जलविद्युत्को प्रशस्त सम्भावना छ, प्रशस्त छ लगानी गर्नुहोस् । बस सिद्धियो ।

चीनले दौत्य सम्बन्ध राख्ने नीतिको आधार संयुक्त राष्ट्र संघको चार्टर र शान्ति तथा सहअस्तित्वको लागि पञ्चशील हो । यसअन्तर्गत देश सानो होस् वा ठूलो होस् समानताको आधारमा सम्मान गर्ने । नेपालबाट चीन गएका प्रतिनिधिहरूलाई यही आधरमा सम्मान गरिएको हुन्छ । अर्को महत्वपूर्ण नीति भनेको कसैले कसैको आन्तरिक मामलामा हस्तक्षैप नगर्ने । उसबाट नेपालको आन्तरिक मामलामा हस्तक्षैप गरेको सुनिएको छैन । उस्को भारतसंग सौहार्द सम्बन्ध नभए पनि भारतको विरुद्ध उकसाउने सुनिएको छैन ।

उल्टै राजा महेन्द्र, प्रधानमन्त्री बीपी कोइरालादेखि पछिसम्मका नेपाली नेताहरूलाई भारतसँग सुमधुर सम्बन्ध राख्न सुझाब दिएको सुनिएको छ । बरू हामीसँग विशेष सम्बन्ध भएको र बसुधैवकम कुटुम्बकमलाई मूल नारा बनाएको भारतले ससाना मसिना कुरादेखि ठूलो कुरासम्म हस्तक्षेप गरेको घामजति नै उज्यालो छ । ऊबाहेक अरू मित्रराष्ट्रसँगको आवतजावत, आर्थिक प्राविधिक, सांस्कृतिक आदानप्रदान र लगानीलाई हत्तोत्साही गर्न गराउन हरदम दबाब दिइरहन्छ ।

बरू हाम्रा बुद्धिजीवीहरू र नेताहरूले चीन र चिनियाँ नेताहरू बारे नकारात्मक टीकाटिप्पणी गर्ने गरेको देखिन्छ । यस्तै एउटा लेख नेता डा.नारायण खड्काले आजभन्दा ११/१२ वर्षअघि नयाँ चीनका संस्थापक अध्यक्ष माओको जन्मदिनकै दिनमा उनको निन्दा गर्दै कुनै एक पत्रिकामा प्रकाशित गरेका थिए । त्यतिबेला त्यो लेख लेखिहाल्नुपर्ने स्थिति पनि थिएन । छिमेकीको आदरणीय नेताको जन्मदिनमा विनासित्ति बदख्वाइँ गर्ने अलिकति पनि कूटनीतिक सोच नभएका मान्छे नेपालको परराष्ट्र मन्त्री भए ।

उनको कार्यकालमा कुनै उल्लेखनीय काम पनि भएन । वर्तमान राष्ट्रपतिलाई पनि पश्चिमाले नकारात्मक रूपमा चित्रण गरिएनुसार नै अनुसरण गरेको पाउँछौँ । चीनका बारेमा अविरल रूपमा झुठो आरोप लगाउने, भ्रम फिजाउनेविरुद्ध प्रतिवाद गर्ने चिनियाँ कूटनीतिलाई ‘वुल्फ्वार डिप्लोमेसी’ भनेर होच्याउने प्रवृत्तिको छाया नेपालमा पनि देखिन्छ । वास्तवमा मैत्रीपूर्ण सम्बन्धका लागि यो स्वास्थ्यकर होइन । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?