हिमालय समाचार प्रभावः विद्यार्थीको हातमा किताब

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । बर्दघाट नगरपालिकाको वडा नम्बर ४ बाढिपिडितमा रहेको नवजीवन माध्यामिक विद्यालयमा शैक्षिक शत्र आधा सकिनै लाग्दा बल्ल सबै पुस्तक बाँडिएको छ ।

विद्यार्थीले पुस्तक नपाएको समाचार हिमालय टाइम्स पत्रीका र अन्य विभिन्न मिडियाहरुले प्रकाशन प्रशारण भएपछि सबै विद्यार्थीलाई पुग्ने गरी पुस्तक वितरण गरिएको हो ।

विद्यालयमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैयाँ नगरपालिकाले रकम निकासा गरेपनि विद्यार्थीले सबै पुस्तक प्राप्त गर्न सकेका थिएन् ।

बाँकी रहेका पाठ्यपुस्तकहरु उपलब्ध भएपछि आइतबार विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो ।

कक्षा १ देखि ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले पाउन सकेका थिएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?