रुपन्देही । नेपाल कर्मचारी युनियन रुपन्देहीले मानव सेवा आश्रममा खाद्य सामाग्रि प्रदान गर्नुको साथै त्यहा आश्रितलाई भोजन गराएको छ ।
नेपाल कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा दाल, चामल, तेल लगायतका खाद्य सामाग्रि प्रदान गर्नुको साथै त्यहाँ आश्रीतलाई एक छाक भोजन गराईएको हो ।
लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरुको भेलाबाट २०४७ साल भदौ १९ गते नेपाल कर्मचारी युनियन स्थापना गरिएको थियो । त्यसयता प्रत्येक भदौ १९ मा कर्मचारी युनियनको स्थापना दिवस मनाउँदै आईएको छ ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसकी युवा नेता लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले कर्मचारी युनियनले संस्थाको स्थापना दिवसको अवसरमा मावन सेवा आश्रममा सेवा गरेर मानवता प्रवद्र्धन सञ्चार गरेको बताउनु भयो । उहाँले युनियनमा आवद्ध कर्मचारीलाई नागरिकले दुःख नपाउने गरी सेवाग्राही मैत्री सेवा प्रवाह गर्न पनि आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको निजामती कर्मचारी ऐन कर्मचारी मैत्री हुने विश्वास व्यक्त गर्नुभयो । ऐनका सम्बन्धमा कर्मचारीहरुसंग रायसुझाव पनि लिएको र आफूहरुसंग राय सुझव लिदाँ पनि सोही अनुसार सुझाव सल्लाह दिईएको जानकारी गराउनु भयो ।
नेपाल कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेले संस्था स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्व बहन गरेर यथाशक्य सामाजिक काम गर्दै आएको बताउनु भयो । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने उहाँको भनाई छ ।
मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक निजामती कर्मचारी ऐन ल्याउन लागिएको बताउँदै आफूहरुले दिएका सुझावहरु सम्बोधन भएर आउने विश्वास गर्नुभयो ।
कर्मचारीलाई वेवास्ता गरेर प्रतिकुल ऐन ल्याईएमा युनियन आन्दोलनमा जान बाध्य हुने भनाई राख्नुभयो । त्यस्तै आश्रमकी संयोजक टिका थापाले आश्रमको बस्तुस्थितीका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा नगरपालिकाका सभापति हरिलाल पाण्डे, युनियनका केन्द्रीय सदस्यहरु हरी ज्ञवाली, नवीन पन्थी, तिलोत्तमा नगरपालिका वडा नं. ६ का अध्यक्ष गणेश पाठक, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, सिबिए रुपन्देही कार्यवाहक अध्यक्ष भोजराज न्यौपाने, नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्याल, कर्मचारी युनियन रुपन्देहीका उपाध्यक्ष टेकराज पन्थी, सचिव बालकृष्ण कंडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा अन्य जिल्लाबाट रुपन्देहीमा सरुवा भई आएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच