उसुको वैदेशिक प्रशिक्षण चीनमै हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ । त्यसका लागि १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली मंगलबार हुझाव प्रस्थान गरेको छ ।

खेलाडीहरूमा थाउलोतर्फ विजय सिञ्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहनुभएको छ । सान्सौंतर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी हुनुहुन्छ ।

प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशबहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहनुभएको छ । टोलीसँगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि हुझाव जाने मुख्य प्रशिक्षक थिङले जानकारी गराउनुभयो । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?