पथरीमा डेरी ल्याब तालिम

हिमालय टाइम्स
Read Time = 2 mins

 मोरङ । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा सञ्चालित पाँचदिने डेरी ल्याब्रोटरी टेक्निसियन तालिम मोरङको पथरीमा सम्पन्न भएको छ । कोशी प्रदेश नेपाल डेरी एसोसिएसनका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको उपस्थितिमा भएको कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेषकुमार बुढाथोकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट दिनेश सुवेदी, सहज परियोजनाका प्रविन श्रेष्ठ, मुख्य प्रशिक्षक सिवाराम सिंह, सहायक प्रशिक्षक नगिना गौतमलगायतको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशका उपाध्यक्ष गुरूप्रसाद दाहाल, केन्द्रीय महासचिव हेमचन्द्र खनाल र मुख्य प्रशिक्षक सिंहले तालिममा सिकेको सीप कार्यान्वयनमा जोड दिएका थिए । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले तालिमले दूध, दुग्ध पदार्थको गुणस्तरमा सुधार आउने बताउनुभयो ।

कोशी प्रदेशअन्तर्गत दमकमा साउन ६ देखि १० गतेसम्म १२ जना, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म १७ जना र साउन १८ देखि २२ गतेसम्म पथरीमा १३ जनाको उपस्थितिमा तालिम प्रदान गरिएको थियो । विभाग विराटनगरका प्रतिनिधि दिनेश सुवेदीले तालिममा सहभागी प्रतिनिधिमार्फत् पक्कै पनि सम्बन्धित डेरी उद्योगमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको थियो । तालिममा सहभागीतर्फबाट पदम दाहालले तालिमबाट आफूले धेरै कुरा सिक्न पाएको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?