सिमकोटमा एक लाख ६३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाकोे सदरमुकाम सिमकोट माथिल्लो बजारबाट एक लाख ६३ हजार ३४५ नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् ।

विशेष गोप्य सूचनाको आधारमा मंगलबार दिउँसो छापा मार्नेक्रममा नगदसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सदरमुकाममै रहेको सिमकोट गाउँपालिका-५ माथिल्लो बजार स्थित एकजनाको घरमा जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजनप्रसाद भट्टराईको कमाण्डमा सातजनाको टोली गई घर चेकजाँच गर्दा उक्त घरबाट पाँच जना जुवाडे सहित नगद, मोबाईल र बिच्छाइएका कम्बलहरू नियतन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमला भट्टराईले बताउनुभयो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । सदरमुकाम सिमकोटलाई जुवारहित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय हुम्ला लागिपरेकाले यसमा सबैले सहयोग गर्न समेत भट्टराईले आग्रह गर्नुभयो ।

पक्राउ परेको पाँचै जना जुवाडेहरूको नाम भने गोप्य राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?