बिबादस्पद कानुनको बिरोधमा इजरायलको तेलअभिभमा लाखौं मानिस सडकमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले ल्याउन खोजेको एक विवादास्पद कानूनको विरुद्ध र सो कानुनको  बिपक्षमा उभिएका रक्षामन्त्रीको राजिनामा पछि इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध बढेर बिशाल प्रदर्शंनमा देखिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक प्रदर्शनमा निरन्तर सहभागी भईरहेका छन् ।

सरकारको सो कदम बिरुद्धको प्रदर्शनमा विपक्षी दल तथा सामाजिक र राजनीतिक अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा हालसम्म इजरायली सरकारले २७  जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नु गलत भएको बिपक्षीको आरोप छ । बिपक्षी दलले भ्रष्टचारको आरोपी नेताले कानुन परिमार्जन गर्नु गलत भएको भन्दै उठाएको आवाजलाई समर्थन गर्दै नागरिकहरु विरोधमा निरन्तर आउन थालेका छन, जसका कारण त्यहाँको शहर तेल अभिभको दैनिकी बिग्रन पुगेको छ ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?