चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त

Read Time = 1 min

बेजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन कांग्रेस स्थायी समितिको निर्णयानुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको छ ।

नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त हुनुभएको छ । त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ ।

यस्तै, नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ । यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?