महिला उद्यमी मेला सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । महिलाहरूको महत्वपूर्ण पर्व तीजको अवसर पारी ललितपुरमा महिला उद्यमी मेला सुरु भएको छ । बुधबार याक प्यालेसमा मेला उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालद्वारा आयोजित मेला उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ । उद्यमीको मिहिनेतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।’

नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष तथा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाद्वारा उत्पादित हरेक वस्तुलाई स्थानीय तथा विश्व बजारमा पु¥याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । मेला पाँच दिनसम्म सञ्चालन हुने आयोजक समितिकी संयोजक यशोदा दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?