दराज लाइक न्यु (डिएलएन)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यु’ (डिएलएन) को सुरुवात गरेको छ । बजारमा डिएलएनको परिचयले स्थानीय बिक्रेतालाई सहयोग गर्ने मूल ध्येयका साथ नयाँ उद्यम सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोग गरिएका फोन बिक्री गर्न प्लेटफर्म प्रदान गरेर दराजले स्थानीय उद्यमीलाई सशक्त बनाउँछ । जसले बिक्रेतालाई उच्च गुणस्तर, मूल्य र मापदण्ड पूरा भएका फोन किन्न सक्षम बनाउँछ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा इ-वेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र डिएलएनले इ-वेस्ट न्यूनीकरण गर्न गरेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।

त्यसैगरी डिएलएनका लागि दराज प्लेटफर्ममा बिक्रेता तथा ‘सबको फोन’ का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोन बिक्री सहजीकरणका लागि प्लेटफर्म उपलब्ध गराएको भन्दै कम्पनीको प्रशंसा गर्नुभएको थियो ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्‍याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैँ अगाडि रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?