लागुऔषधसहित चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

कैलालीकै लम्कीचुहा नगरपालका-१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?