फुटसलको उपाधि कलेज अफ बायोमेडिकललाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि कलेज अफ बायोमेडिकल इञ्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले जितेको छ । सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा भएको फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

दुई गोलले पछि परेको कलेज अफ बायोमेडिकलले उत्कृष्ट कमब्याक गर्दै निर्धारित ६० मिनेटको खेलमा ६-५ ले उपाधि जित्न सफल भयो । बायोमेडिकलका तर्फबाट विप्लव थापा एक्लैले ४ गोल गर्दा मञ्जिल श्रेष्ठ र मनिष मगरले एक–एक गोल थप्नुभएको थियो । काष्ठमण्डपका लागि सुजन थापाले २ गोल गर्दा विकास महर्जन, सञ्जित क्षेत्री र कृष्ण दुलालले एक–एक गोल थप्नुभएको थियो ।

उपाधि विजेता बायोमेडिकलले नगद एक लाख प्राप्त गर्दा उपविजेता भएको काष्ठमण्डपले ५० हजार प्राप्त गरेको छ । प्रतियोगिता अवधिभर बायोमेडिकलका विप्लव थापाले सर्वाधिक गोल गर्दै उपाधि जित्नुभयो । उहाँले चार खेलमा १५ गोल गर्नुभएको थियो । उत्कृष्ट गोलरक्षकको उपाधि पनि बायोमेडिकलकै प्रज्वल प्याकुरेलले पाउँदा उत्कृष्ट खेलाडीको अवार्डले पनि बायोमेडिकलका कृष्ण दुलालले जित्नुभयो ।

कार्यक्रममा आयोजक विराटनगर सिटी फुटबल क्लबका सिइओ सुवाशीस कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रण वालेन्दु हमाल, विश्वविद्यालयकै अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक सञ्जेशप्रसाद कोइराला, सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, सहप्राध्यापक तीर्थ सापकोटा, आर्थिक प्रशासन प्रमुख खगेन्द्रराज ढकाल, विनय भट्टराई, पियू क्यानका शम्भु दाहाल, नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेत, विराटनगर सिटी एफसीका विक्रम पौडेल क्षेत्रीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?