कलेज आइडिया हन्ट २०२३ सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२३’ का लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि) व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिविको संयोजनमा आवेदन खुला गरेको छ ।

आयोजकले कीर्तिपुरस्थित त्रिविको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा पत्रकार सम्मेलन गर्दै आवेदन खुला गरिएको जानकारी दिएको हो । नेपाली समाजको रूपान्तरण र व्यावसायिकताको प्रवद्र्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित स्वउद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गर्न लागिएको जनाएको छ । वर्तमान युग र समयसापेक्ष समस्या र अवसरसम्बन्धी नवीनतम् तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्ने बताइएको छ ।

आयोजकका अनुसार आइडिया हन्टमा प्राप्त आइडियामध्येबाट उत्कृष्ट २० योजनालाई व्यवसायसम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट तीन विजेताले जनही एक लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टिभी शो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् । आइडिया हन्ट २०२३ मा सहभागी हुन चाहने विद्यार्थीहरूले २०८० असोज १४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?