प्रजातान्त्रिक विचार समाज नवलपरासीद्वारा जिल्ला अस्पतालमा फलफूल र जुस वितरण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । प्रजातान्त्रिक विचार समाज नवलपरासीद्वारा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल र जुस वितरण गरेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले वि.पि.का विचारलाई ग्रामिण तह सम्म पुर्‍याएर समाजलाई सुसूचित गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

खनालले भन्नुभयाे- 'अहिले राष्ट्रमा वैचारिक खडेरी परेको छ । विभिन्न विचारहरुले समाज छितरिएको छ । छितरिएको समाजलाई वि.पि.को सन्देश मार्फत् प्रजातान्त्रिक विचार समाजले जोड्नु आजको आवश्यक रहेको छ । माक्सवाद, लेनिनवाद नेपालको माटो सुहाउँदो छैन । नेपाललाई सुहाउँदो वि.पि.को विचार हो । जसलाई समाजले ग्रामीण तहसम्म पुर्‍याइ समाजलाई एकीकृत गर्न जरुरी छ।'

१ सय १० औं वि.पि. जन्म जयन्तीको पुर्व सन्ध्यामा जिल्ला अस्पतालमा रहेका ३१ जना बिरामीको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै फलफूल र जुस वितरण गरिएको समाजका अध्यक्ष डिक बहादुर पाण्डेले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किरण पाण्डे, नेपाली काङ्ग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रम यादवलगायतले बोल्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । समाजका उपाध्यक्ष बिनोद ज्ञावालीको स्वागत रहेको कार्यक्रमको संचालन सचिव शिवा रेग्मीले गर्नु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?