एनआइसी एसियाको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा मोबाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । अफरअन्तर्गत हरेक हप्ता एक भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत् फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन् ।

असोज २० गतेसम्म लागू हुने अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि ‘लक्की ड्र’ मार्फत् विजेता घोषणा गरिने र विजेताको जानकारी एनआइसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने बैंकले जनाएको छ ।

हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकहरूले मो बैंक एप प्रयोग गरिरहेका छन् भने मोबाइल बैंकिङमा रहेको कनेक्ट आइपिएसमार्फत् प्रतिदिन प्रतिकारोबार तीन लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?