प्रधानमन्त्रीको आह्वान सर्वदलीय बैठक, अमेरिका र चीन भ्रमणबारे छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणको विषयलाई लिएर सर्वदलीय बैठक राखेर सुझाव लिनुभएकाे छ ।

आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरु, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग छलफल गरेर सुझाव लिनुभएकाे हाे ।

सो क्रममा प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?