हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

फाइल तस्बिर

रासस
Read Time = 2 mins

मकवानपुर । सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुनेभएको छ ।

उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताउनुभयो ।

आज करिब २ बजे प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देशसभा गर्ने भुसालले बताउनुभयो । सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।

हेटौँडामा प्रधानमन्त्री आउने भएपछि शनिबारबाटै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कार्यक्रमस्थलसहित बजारका विभिन्न चोकचोकमा सुरक्षाकर्मी खटाइएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?