मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थनमा रहेको युनाइटेड रसिया पार्टीले रुसले कब्जा गरेको युक्रेनको चार क्षेत्रमा स्थानीय चुनाव जितेको छ ।
सो निर्वाचन पछि चार क्षेत्रमा रसिया समर्थित नेताहरुले निर्वाचनमा उल्लेख्य रुपमा जीत हासिल गरेको मस्कोले दाबी गरेको छ।
क्रेमलिनले गत वर्ष पूर्ण सैन्य नियन्त्रण नभए पनि पूर्वी र दक्षिणी क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो तर, युक्रेन र उसका सहयोगीहरूले यी चुनावहरूलाई झूटो भन्दै अस्वीकार गरेका छन्।
मस्को र प्रोक्सी अधिकारीहरूले प्रकाशित गरेको तथ्याङ्कले युद्धग्रस्त युक्रेनको क्षेत्रका मतदाताहरूले प्रत्येक क्षेत्रमा ७० प्रतिशतभन्दा बढी भोटसहित रूसलाई समर्थन गरेको देखाएको छ, एएफपीले रिपोर्ट गरेको छ। यो जानकारी रुसी राज्य सञ्चालित समाचार एजेन्सीहरूले दिएको हो।
यसबाहेक युक्रेनी क्षेत्रहरुमा आयोजित स्थानीय चुनावको बारेमामा रुसी अधिकारीहरुले मतदानको केहि दिन पहिले डोनेट्स्क, लुगान्स्क, खेर्सन र पोरिझिया क्षेत्रहरुमा मोबाइल मतदान केन्द्रहरु स्थापना गरिएको थियो। किनभने मस्कोले मतदान केन्द्रमा युक्रेनी ड्रोनले आक्रमण गरेको बताएको थियो।
उता, रसियामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । यसअघि रुसमा स्थानीय निर्वाचन हुँदैछ । आगामी राष्ट्रपतीय निर्वाचनमा पुटिनको शासन कम्तीमा २०३० सम्म लम्बिने अपेक्षा गरिएको छ । यसको कारण यो हो कि उनका विरोधीहरू जेलमा छन् र मस्कोले युक्रेनमा उनको युद्धको आलोचनालाई अपराध मान्दै आएको छ। युक्रेनमा भएको आक्रमणको विरुद्धमा बोल्ने हजारौं मानिसलाई हिरासतमा लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच