‘राज्यले कानून बनाएरै ब्राह्मण समुदायमाथि विभेद र अन्याय गर्‍याे’

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । ब्राह्मण अगुवाहरुले राज्यले कानून बनाएरै ब्राह्मण समुदायमाथि विभेद र अन्याय गरेको भन्दै जातीय आरक्षण खारेज गर्न माग गरेका छन् ।

ब्राह्मण अगुवाहरुले आफ्ना धर्म,संस्कार संस्कृतिको रक्षाका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जोड दिंदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

ब्राह्मण समुदायबीच एकता नहुदा ब्राह्मण समुदायका धर्म संस्कार र संस्कृतिप्रति प्रहार भएको सरोकारवालाहरूले बताएका छन् ।
सोमबार रूपन्देहीको ड्राइभरटोलमा आयोजित ब्राह्मण समाज रूपन्देहीको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले ब्राह्मण समुदाय बिभिन्न राजनीतिक दलमा बिभाजित हुनुका साथै आफ्नो धर्म संस्कार र संस्कृतिबाट बिचलित हुदा ब्राह्मणहरूको धर्म,संस्कार र संस्कृतिमाथि प्रहार भएको बताउनु भयो ।
९४ प्रतिशत ओमकार समुदाय बस्ने मुलुकलाई सीमित ब्यक्तिको निहित स्वार्थ पुर्तिका लागि लहडको भरमा धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु गलत भएको उनीहरुके भनाई छ ।

कार्यक्रममा ब्राह्मण समाज नेपालका केन्द्रीय सहअध्यक्ष रोमणिप्रसाद पाठकले राज्यले ब्राह्मण समुदायलाई कानूनीरुपमै विभेद गरेको गुनासो गर्नु भयो । उहाँले मुलुकमा जातीय तथा धार्मिक जातीय द्वन्द्व निम्ताउने षड्यन्त्र भइरहेको भन्दै त्यसतर्फ सबै जात जाती तथा धार्मिक समुदाय सचेत बन्नुपर्ने बताउनु भयो ।

सदियौदेखि मिलेर बसेको नेपाली समाजलाई विभिन्न बहानामा लडाउने षड्यन्त्र भइरहेको भन्दै उहाँले ब्राह्मणहरूले आफ्नो धर्म, संस्कारको पालना गर्न जरुरी रहेको उल्लेख गर्नु भयोे ।

ब्राह्मण समुदायले मुलुक सञ्चालन गर्ने नेतृत्व गरेको अवस्थामा ब्राह्मण समुदायमाथि थिचोमिचो भैरहेको भन्दै आफ्नो धर्म,संस्कार र संस्कृतीको संरक्षणका लागि ब्राह्मणहरू एकजुट हुनुको बिकल्प नभएको वताउनु भयो।

ब्राह्मण समाज नेपालकी केन्द्रीय कार्यसमिति सदस्य पार्वती भण्डारीले ब्राह्मण समुदायमाथि कानुनीरुपमै विभेद भएपछि जात परिवर्तन गर्न वाध्य भएका र २५ प्रतिशत रेहको जनसंख्या घटेर ११ प्रतिशतमा झरेको वताउनु भयो ।उहाँले ८०  प्रतिशत बढी हिन्दु धर्मावलम्बीमाथि सरकारले उपेक्षा गरेर धर्मनिरपेक्ष मुलुक बनाएपछि क्रिश्चियन धर्ममा धर्मान्तरण बढ्दो दरमा गएको बताउनु भयो । विद्यार्थीले उच्च शिक्षा पढ्न पाउने छात्रवृत्ति पनि जातीय आधारमा गर्दा उत्कृष्ट अंक ल्याएका ब्राह्मण समुदायका विद्यार्थीहरु आरक्षणका कारण पढ्न नपाई कैयौं विद्यार्थी मानसिकरुपमा विक्षिप्त भएका वताउनु भयो ।

९५ प्रतिशत नम्बर ल्याउने ब्राह्मण समुदायका छोराछोरीले छात्रवृत्ति नपाउने र अन्य समुदायका ५० प्रतिशत ल्याउनेले छात्रवृत्ति पाउने कुराले धेरै ठूलो अन्याय भएको भन्डारीले बताउनु भयो ।

कार्यक्रममा ब्राह्मण समाज नेपाल केन्द्रिय सदस्य विष्णु प्रसाद काफ्ले, लोकनाथ पाण्डे, लोकनाथ खरेल, ज्ञानदेव हटुवाल, ब्राह्मण समाज नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष टोपलाल भुसाल, उपाध्यक्ष गोविन्द राज पाण्डे, सचिव तिलक प्रसाद न्यौपाने, समाजका देवदह वडा नं ५ का अध्यक्ष माधव रिमाल लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।

अधिवेशनमा जिल्लाका विभिन्न पालिका, वडा वडा र पालिकाबाट प्रतिनिधिहरू सहभागी भएका छन भने अधिवेशनले समाजको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?