काठमाडौं । एसियाली फुटबल महासंघद्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गर्नुभएको हो । टोलीले मंगोलियामा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । करिब २०० खेलाडीबाट सुरु भएको खुला छनोटबाट २५ जना बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।
मत्स्या रिक्रियशन सेन्टरमा भएको बन्द प्रशिक्षणबाट अन्तिम टोलीको टुंगो लागेको हो । नेपाल छनोटको समूह ‘डी’ मा रहेको छ । अक्टोबर ७ देखि ११ सम्म हुने समूह ‘डी’ का खेलहरूमा नेपालले भियतनाम, दक्षिण कोरिया र मंगोलियाको सामना गर्नेछ । ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएकोमा आठ शीर्ष टोलीहरूसहित सात उत्कृष्ट समूह उपविजेताहरूले फुटसल एसियन कपमा आफ्नो स्थान बनाउनेछन् ।
घोषित अन्तिम टोलीको गोलकिपरमा सागर गुरुङ, आशिष डंगोल, फिक्सामा विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, आलामा रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, उज्ज्वल शाही र पिभोटमा मणिकुमार लामा, सुजित बुढाथोकी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच