नई प्रकाशनका पाँच पुस्तक लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नई प्रकाशनका पाँच पुस्तक लोकार्पण गरिएको छ । वानीरा फाउण्डेशनका संरक्षक ई.शंकर गिरीले नई प्रकाशनबाट प्रकाशित पाँच कृतिहरू लोकार्पण गर्नुभएको हो । कार्यक्रममा इन्दिरा प्रसाईंद्वारा लिखित प्रयोगवादी कथाकृति ‘बघेनी’का साथै सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालको ‘पर्दाभित्र’ शीर्षकका कवितासंग्रहहरू लोकार्पित भएका हुन् ।

वानीरा फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा समालोचक प्रा.केशव सुवेदीले सार्वजनिक कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । समारोहमा कविताकृतिका नारीस्रष्टाहरूले आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वानीरा फाउण्डेशनका अध्यक्ष इन्दिरा प्रसाईं, सदस्यसचिव नरेन्द्रराज प्रसाईं, भगवती बस्नेतलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

वानीरा फाउण्डेशनका अध्यक्ष इन्दिरा प्रसाईंबाट फाउण्डेशन भवनको प्रांग्रणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?