प्रधानमन्त्रीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको हो । उहाँको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरू त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?