नेम्वाङको निधनप्रति माधव नेपालद्वारा दुःख व्यक्त

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए ।

हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइए पनि लैजाने बित्तिकै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?