मैले आत्मिय मित्र गुमाएको छु : भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताउनुभएको छ।

सामाजिक सञ्जाल ट्विटमार्फत भट्टराईले संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठूलो क्षति व्यहोरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ । मैले आत्मिय मित्र गुमाएको छु।’

उहाँले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु। उहाँप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टी पंक्तिमा गहीरो समवेदना’

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?