नक्कली नागरिकता बनाइदिने एक भारतीय रौतहटमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन ।

चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन ।

फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरूलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।

उनलाई सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?