सेयर बजार दोहोरो अंकले बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको सेयर बजार चौथो दिन बुधबार भने दोहोरो अंक अर्थात् ३९.४८ अंकले बढेको छ । यस दिन दुई सय ७५ कम्पनीका ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको छ । यस दिन १३ वटै समूहगत सूचक बढेका छन् भने जलविद्युत् समूह सर्वाधिक ३.६२ प्रतिशतले बढेको छ । वित्त समूह तीन प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूह पनि दुई प्रतिशतभन्दा बढीले बढेको छ ।

एनआइसी एसिया बैंकको सात करोड ९३ लाख २५ हजार, एभरेष्ट बैंकको छ करोड ३८ लाख ३१ हजार, सोल्टी होटलको छ करोड ७० लाख ८३ हजार, शिवम् सिमेन्टको पाँच करोड ७२ लाख २६ हजार र आइएमई लाइफको तीन करोड ८८ लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
वरुण हाइड्रोपावर र शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त ९.८६, अरुण काबेली पावर ९.०३ र अपि पावरको सेयर मूल्य ८.२८ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक आठ प्रतिशतले घटेको छ भने सिटिजन म्युचुअल फण्ड–२, स्वाभिमान लघुवित्त १०.२५ प्रतिशत, नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको १.७१ प्रतिशतले सेयरमूल्य घटेको छ । बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँमा समेटिएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?