सिजी इलेक्ट्रोनिक्सको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ भन्ने नाराका साथ सिजी इलेक्ट्रोनिक्सले चाडपर्व प्रवद्र्धन योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले कुनै पनि सिजी ब्राण्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहार प्राप्त गर्नेछन् ।

ग्राहकले ५६ हजार चार सय रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्ने कम्पनीको दाबी छ । सीमित समयका लागि रहेको योजना नेपालभर लागू हुनेछ । योजनाका अन्य आकर्षणमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट इएमआई सुविधा, सिजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

योजना सिजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरण जस्तै टिभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कण्डिसन, भ्याकुम क्लिनर र स्पिकरमा लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?