राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, अमेरिका भ्रमणबारे जानकारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई अमेरिकी भ्रमणबारे जानकारी गराउनु भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न आज अमेरिका जानु अघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन शितल निवास पुग्नुएको थियो ।

सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । साथै, सो भेटघाटमा समसामयिक राजनीतिक बिषय पनि छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्युयोर्क, अमेरिका प्रस्थान गर्दैछन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।
नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यस पछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?