शुभांगीलाई तेक्वान्दोमा स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीकी शुभांगी श्रेष्ठले ११औँ कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर महिला ५९ केजीमुनि फाइनलमा शुभांगीले राजदेवी तेक्वान्दोकी प्रज्ञा परियारलाई पराजित गर्नुभयो ।

सिनियर महिला ५४ केजीमुनि प्रहरीकी सीता तामाङ, जुनियर महिला ४४ केजीमुनि लैनचौर तेक्वान्दोकी लेग्डेन साङ्मो तामाङ तथा महिला र जुनियर महिला ६३ केजीमुनि ममता रिजालले पहिलो स्थान हात पार्नुभयो । जुनियर पुरुष ४५ केजीमुनि सुप्रिम बजगाईं शीर्षस्थानमा रहनुभयो ।

सिनियर व्यक्तिगत महिला पुम्सेमा प्रहरीकी सीता तामाङ, जुनियर पुरुष टिम पुम्सेमा नुवाकोटका अपिल लामा, साजन तामाङ र केशव बराम, जुनियर महिला टिम पुम्से सैनिक, विजेश्वरीका एञ्जिला मोक्तान, लक्ष्मी सुनाखरी मगर र निकिता राउत, जुनियर महिला पेयर पुम्सेमा हात्तीवन तेक्वान्दोकी रोस्लिन ओझा र युकेन चौगुठी, सिनियर पेयर पुम्से ३० वर्षमाथि प्रहरीका सीता तामाङ र प्रेमकुमार दर्नाल, सिनियर पुरुष व्यक्तिगत पुम्से ३० वर्षमाथि नेपाल आर्मीका सञ्जीवकुमार ओझा तथा १८–३० वर्ष सिनियर पुरुष व्यक्तिगत पुम्सेमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जित्नुभयो ।

सिनियर महिला व्यक्तिगत पुम्सेको १८–३० वर्षमा आर्मीकी प्रशंसा क्षेत्री, सिनियर पुरुष टिम पुम्सेको ३० वर्षमाथि आर्मीका सञ्जीवकुमार ओझा, रेजिन रिमाल र रामकुमार पोखरेल, सिनियर पेयर पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत, सिनियर पुरुष टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका जितबहादुर बोट, अञ्जन चौधरी र अस्मिन राउत तथा सिनियर महिला टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल, सविना घले र सुशीला राईले स्वर्ण चुम्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?