परिवर्तनका लागि सौर्य समाजमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । परिवर्तनका लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाकी अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षता तथा सांसद सपना राजभण्डारी, पूर्वसांसद राज्यलक्ष्मी शाक्य, मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थितिमा भएको साधारणसभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

रमिला श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमिति उपाध्यक्षमा शान्ति श्रेष्ठ आचार्य, सचिवमा अनुपमान राजभण्डारी, कोषाध्यक्षमा सूर्यबहादुर अधिकारी, सहसचिवमा अनुज भण्डारी र सहकोषाध्यक्षमा प्रतिमा श्रेष्ठ रहेका छन् । सदस्यमा प्रल्हाद दाहाल, राधा ज्ञवाली, रमेश श्रेष्ठ, विनिता पुरी र रेना शाक्य रहेको समाजले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?