माओवादी केन्द्र रुपन्देहीले खुवायो आश्रममा आश्रितलाई तिजको दर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको संयोजनमा आज बिहान मानव सेवा आश्रममा (बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ ।

आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर खुवाइएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । माओवादी केन्द्रले शुरु गरेको विशेष रुपान्तरण अभियान कै दौरानमा रचनात्मक कार्यक्रमअन्तर्गत आश्रममा सहयोग गरेको उहाँले बताउनु भयो। "माइतीहुने चेलीबेटी माइतमा दर खान जानु होला । घरबार बिहिनहरु कहाँजाने ? पार्टी अभिभावकबन्न पर्छ भनेर सानो कोशेली दर खुवाएकाहौं ।” बरालले भन्नु भयो - "घरबार बिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिनमात्र खोजिएको हो ।”

पुर्ब मन्त्री समेत रहेका अध्यक्ष बरालले घरबार बिहिनको संरक्षणको पुर्ण दायित्व सरकारको रहने र मन्त्रीहुँदाआश्रमको स्थायित्वको लागि काम सुरु गरेको स्मरण गर्नु भयो । आश्रममा बिहान एक छाक दर खुवाउनुको साथै आर्थिक सहयोग पनि गरेको कोषाध्यक्ष निर्दोश अलिले बताउनु भयो ।

पार्टी समितिको संयोजनमा गरिएको कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष नारायण जिसि निर्मल, प्रदेश कमिटी सचिवालय सदस्य रिज्जु श्रेष्ठ, नगर कमिटी अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष लालबहादुर थापालगायतको उपस्थित रहेको थियो ।

आश्रमको रुपन्देही जिल्ला संयोजक टीका थापाले तिजमा सम्झिएर दर खुवाउन आएकोमा धन्यवाद दिनुभयो । रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जनागरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिइरहेका छ्न् । बुटवल आश्रममा महिला र बालबालिका रहेका छ्न् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?