काठमाडौं । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
जवाफी ब्याटिङ गरेको भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । भारतका दुई ओपनर इशान्त किशन र शुभम गिलले श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पूरा गरे ।
टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो ।
एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम रनको लक्ष्य पाएको थियो ।
भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको थियो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।
एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा भारतले श्रीलंकाविरुद्धको फाइनलमा १८१ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ थालेको श्रीलंका ४३ दशमलब २ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटिएपछि भारतले ६ विकेटको जित निकालेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच