रियलमीको तीज टिकटक अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रियलमीले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर ‘मनाऊँ तीज रियलमीसँग टिकटक च्यालेन्ज’ ल्याएको छ । च्यालेन्जमा सहभागी हुन नेपालमै बसोबास गरिरहेका नेपाली नागरिकले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियो रियलमीमा ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ ।

प्रतियोगितामा हरितालिका तीजको राती अर्थात् असोज १ गते रातीको १२ बजेसम्म सहभागी हुन सकिनेछ । सबैभन्दा बढी लाइक प्राप्त गर्ने पाँच भिडियो विजेता घोषणा गरी आकर्षक पुरस्कारका साथै आफ्नो परिवारको एकजना सदस्यसँग रात्रीभोजको मौका पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?