सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने अर्थात बन्ढुनी पर्व धूमधामका साथ मनाइँदै छ ।

भगवान् श्रीकृष्णले कंशकी बहिनी पुतना राक्षसीलाई मारेको सम्झनामा प्रत्येक वर्ष असोज संक्रान्तिका दिन विजय उत्सवको रुपमा मनाइने परम्परा रहि आएको छ ।

भाद्र संक्रान्तिका दिनमा काँडा तथा रूखका हाँगाहरू र झाडीहरुद्वारा ठड्याइएको लिंगो अर्थात बुढीलाई आज सन्ध्याकालमा घरघरबाट गाईको गोठमा भूतप्रेत खेदेर आगाको राँको ल्याई सामूहिक रुपमा दहन गर्ने गरिन्छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको र भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ ।

दोबाटोमा राखिएको पुतना राक्षसको आकृतिलाई दहन गरि जलेको उक्त खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ थुई बुढी थुई भन्दै काँक्रो चपाएर राक्षसी प्रबृतिको निन्दा तथा बिकृतिपूर्ण भईरहेको सामाजिक परिबेश र देशको बर्तमान अवस्था प्रति आलोचना र गाली गर्दै जलाउने गरिएको छ ।

भव्य रुपले मनाउने परम्परा पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा युवा क्लब तथा सामाजिक संस्थाहरुको आयोजनामा डेउडा खेल खेल्दै प्रहसन नाटक तथा साँगितिक र सांस्कृतिक कार्यक्रम गरेर पनि मनाइने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?