जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?