प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पार्नुभयो । ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘हामी संविधान दिवस पनि मनाईरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरु हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । चाहे सरकारी तवर होस, चाहे गैरसरकारी तवरमा होस् । हामीले सधैँ मनाइरहेका छौं । र, उहाँको उपस्थिति हुने गर्दथ्यो । यसपल्ट उहाँको उपस्थिति नभएर सुवाष नेम्वाङ र संविधान भनेर संविधानमा सुवाष नेम्वाङको पदचिन्ह के छ , उहाँको कन्ट्रिब्युशन के छ ? उहाँका चिन्हहरु के छ ? उहाँले दिनु भएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौैं, गरिरहेका छौं । थुप्रै साथीहरुले विचार राखिसक्नुभएको छ । अरु पक्षहरुमा म जान चाहन्न । आज संविधानको सन्दर्भमा, सुवाषचन्द्र नेम्वाङजीको सन्दर्भमा, उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु । त्यसर्थ म अहिले अरु विषयहरुतिर जान चाहिन । अरु विभिन्न सन्दर्भमाहरु आइहाल्छन् । त्यसमा चर्चा गरौँला । मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ । यतिबेला सबैले गम्भिर भएर सोच्नपर्ने अवस्था, साँच्चै गम्भिर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं । त्यो गम्भिर परिस्थिति छ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं । यी आजको उपलब्धिहरु जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पु¥याएका छौं । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन । अब शब्द खेलाएर केही पनि हुँदैन । साँच्चै देशका प्रति, प्रमुख राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ । र, सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण ग¥यो, जसले संविधान निर्माणको अगुवाई ग¥यो, उहाँ त हुनुहुन्न । अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु । उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ । सबैमा चेतना भया । तर नेकपा एमाले प्रतिवद्ध छ । यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पु¥याई छोडन एमाले प्रतिवद्ध छ ।’

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?