भोजपुर । दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजेतिर भोजपुरको दक्षिण आमचौक गाउँपालिका वडा नम्वर १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दूई जना युवाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका वडा नम्वर–६, देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेका छन् ।
दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने घटनाका बिषयमा थप अनुसन्धान थालिलएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच