आर्थिक रुपान्तरणका लागि देश भित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक : अर्थमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समोलन हुनपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताउनु भयो । उहाँले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ । देशमा अब आर्थिक उन्नति हुन्छ भन्ने सकारात्मक माहोल बनाएर लगानी बढाउँदै आर्थिक गतिविधिमा संलग्न हुनु आवश्यक छ । देश र विदेशमा भएका नेपालीहरु मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिवद्ध छ ।’

उहाँले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?