चलचित्र प्राविधिक अनवर खानको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली चलचित्र प्राविधिक अनवर खानको निधन भएको छ । मधुमेह र रक्तचापबाट पीडित खानको ५५ वर्षको उमेरमा बुधबार बेलुका काठमाडौंको रातोपुलस्थित डेरामा निधन भएको हो ।

नेपाली चलचित्रका पहिलो क्रेन अपरेटर रहनुभएका खानले नेपालमा क्रेनमार्फत चलचित्र छायांकनको ट्रेन्ड सुरु गर्नुभएको थियो । करिअरमा एक सयभन्दा बढी चलचित्रमा काम गर्नुभएका उहाँको पहिलो नेपाली चलचित्र ‘ज्वाला’ थियो ।

मुम्बई घर भए पनि चार दशकदेखि उहाँ नेपाली चलचित्र उद्योगमा अनवरत क्रियाशील हुनुहुन्थ्यो । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?