सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्ने निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट चलचित्रमको घोषणा नगर्ने निर्णयविरुद्ध चलचित्र ‘प्रकाश’का लेखक र निर्देशकले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको छ । चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।

चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट दायर गर्नुभएको हो । निवेदकतर्फका कानुन व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको बताउनुभयो ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वश्रेष्ठ चलचित्रलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एकजना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिश गरिएको तर बोर्ड नेतृत्वले नमानेको सार्वजनिक गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?