एनआइसी लघुवित्तको कम्पनी सचिवमा पौडेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त हुनुभएको छ । शुक्रबार बसेकोे सञ्चालक समितिको १८४औँ बैठकले पौडेललाई कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि सोही कम्पनी प्रमुख रणनीति अधिकृत हुनुहुन्थ्यो । साथै यसअघि सोही कम्पनीको प्रमुख जोखिम अधिकृत पदमा कार्यरत विशाल उप्रेतीले नै सो कम्पनीको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहनुभएको थियोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?