दावा टेक्नोलोजीको ‘डिलर्स मिट २०२३’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दावा टेक्नोलोजीले डिलर मिट सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा डिलर मिट आयोजना गरेको हो । सो अवसरमा वर्षभरि दावा टेक्नोलोजी सामग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित पाँच लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको थियो । कार्यक्रममा एआइजी किरण बज्राचार्य र दावा टेक्नोलोजीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोषकुमार श्रेष्ठले दावाका कारण नेपालमा असुरक्षा जोखिम न्यूनीकरण हुँदै गएको बताउनुभयो । चिनियाँ कम्पनी दावा टेक्नोलोजीबाट उत्पादित सिसी क्यामेराले समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको उहाँको भनाइ थियो । एआइजी बज्राचार्यले पनि सिसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताउनुभएको थियो । देशभरका डिलर सहभागी डिलर मिट २०२३ मा दावा टेक्नोलोजीका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सिसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताउनुभएको छ । कार्यक्रम व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?