पन्द्र लाख नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो ।

प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिइएको जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले चाडबाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र चेकजाँच बढाइएको बताउनुभयाे ।

सोही क्रममा नक्कली नोटसहित दुई जना पक्राउ परेको उहाँले बताउनुभयाे । यसैबिच पत्रकार सम्मेलनमा प्रहरीले धरान ३ मा रहेको सुनचाँदी पसलबाट २५ लाख मूल्य बराबरको गरगहना लुट्ने पर्सा वीरगञ्जका महमद बसिर मिया र भारत घर भई चितवनको भरतपुर बस्ने रितु साहलाई पक्राउ गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?