प्रधानसेनापति शर्मा भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ । १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान गर्नुभएको हो ।

दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो ।

उहाँको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ । ११ असोजमा प्रधानसेनापति शर्मा स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?